काठमाडौं । चितवनमा लगातारको भारी वर्षापछि आएको भीषण बाढीले नारायणी नदी किनारमा बाँधेर राखिएको विशाल क्रुजसिप बगाएको छ। बाढीले बगाएको क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमुनि गएर अड्किएको हो।
करोडौँ रुपैयाँ लागतमा निर्माण गरिएको क्रुजसिप पुलको पिलर तथा तल्लो संरचनामा अड्किएपछि नारायणी पुल थप जोखिममा परेको छ। तीव्र बहावका कारण क्रुजसिप पुलतर्फ धकेलिइरहेकाले पुलको संरचनामा क्षति पुग्न सक्ने जोखिम देखिएको छ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया