काठमाडौ । नारायणी नदीको बाढीले बगाएर ल्याएको क्रुजसिप पुलमुनि अड्किएपछि नारायणी पुलमा सवारी तथा पैदल आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। पुलको पिलरमा क्रुजसिप अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले आवागमन रोकेको हो।
पुल बन्द भएपछि नारायणगढ र गैँडाकोट दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन्। क्रुजसिप हटाएर पुलको अवस्था अध्ययन गरेपछि मात्रै आवागमन पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया