काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्।
साइबर ब्युरोको टोलीले उनलाई सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार पक्राउपछि प्रसाईंलाई अनुसन्धानका लागि भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा लगिएको छ।
प्रसाईंलाई कुन विषयमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा जानकारी सार्वजनिक गरिसकेको छैन।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार












प्रतिक्रिया