काठमाडौं। साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन अदालतबाट तीन दिनको म्याद प्राप्त भएको हो। प्रसाईंलाई आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक प्रचार गर्ने तथा सामाजिक सद्भाव भड्काउने किसिमका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीमाथि थप सोधपुछ र प्रमाण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com