काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सरेर असोज १८ गते हुने भएको छ।

यसअघि असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशन भारी वर्षाका कारण केही क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि सारिएको कांग्रेसले जनाएको छ।

महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको थियो। वडा तथा पालिका अधिवेशन सम्पन्न भइसकेका छन्।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com