विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागदौडमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

सोमबार राति विराटनगर महानगरपालिका–६ सरोचियास्थित एक घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भागाभाग भएको थियो। सो क्रममा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला सामान्य घाइते भएका थिए भने विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाले घरको दोस्रो तलाबाट हामफाल्दा दाहिने खुट्टा भाँचेका छन्।

प्रहरीले कोइराला र मुखियासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक स्वास्थ्य जाँचपछि कोइरालासहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो।

मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिले उठाउन खोज्दा कोइराला अचेत अवस्थामा भेटिएका थिए। उनलाई कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घाइते मुखियाको श्री अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलबाट ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com