काठमाडौं। चाडपर्वलाई लक्षित गर्दै लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने नियममा ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ।
चालकको थकानका कारण हुने दुर्घटना न्यूनीकरणका लागि दुई चालकको व्यवस्था लागू गर्न लागिएको हो। नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया