काठमाडौं। बाढी, पहिरो र वर्षाका कारण सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले दक्षिण कोरियाको भ्रमण स्थगित गरेका छन्।
सिओलमा हुने ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुने कार्यक्रम रहे पनि विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सञ्चार सेवा पुनःस्थापनालाई प्राथमिकता दिन भ्रमण स्थगित गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया