काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको करिब साढे दुई महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ३.०८ प्रतिशत मात्रै भएको छ। प्रगति न्यून भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
बुधबारको समीक्षा बैठकमा मन्त्री श्रेष्ठले आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गरी सुरुदेखि नै योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए। उनले समयमै ठेक्का आह्वान, सम्झौता र आयोजना कार्यान्वयन अघि बढाउन निर्देशन दिएका छन्।
प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार












प्रतिक्रिया