काठमाडौं । बारा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलिप्रतिबाट कारमा लुकाएर लैजाँदै गरेको १५५ किलो ६३५ ग्राम गाँजासहित एक चालकलाई पक्राउ गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएको कारबाट रातो प्लास्टिकमा बेरेर लुकाइएको गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का करिब २८ वर्षीय अम्बिर डिम्डुङ रहेका छन्।
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया