काठमाडौं । शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदलीसँगै केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया