काठमाडाैं । युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार विहान काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै उनले नवपुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा र रूपान्तरणका लागि नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै तिवारीले केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए ।
१४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ सबैभन्दा कान्छा उम्मेदवारका रुपमा चिनिएका तिवारीले यस पटक महामन्त्री पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
राजनीतिक विश्लेषक एवं लेखकका रूपमा चिनिएका तिवारी विद्यार्थी राजनीतिदेखि नै पार्टी सभापति गगन थापा निकट भएर काम गर्दै आइरहेका छन् । लेखन र वैचारिक मन्थनमा सभापति थापासँग सहकार्र्य पनि गर्दै आइरहेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले बदलिंदो राजनीतिक परिस्थितिमा पार्टी संगठनलाई बलियो बनाउन र तल्लो तह साथै दूरदराजका जनतासम्म पार्टीलाई जोड्दै नवपुस्ताहरुलाई वैचारिक राजनीतिमा आकर्षित गराउन आफूले महामन्त्री पद नै उपयुक्त ठानेको बताए ।
उनले भने,‘महामन्त्री पदमा मेरो उम्मेदवारी कांग्रेस भन्ने विचारको रक्षाका लागि हो। कांग्रेस विचारको सृजनशील व्याख्या, विस्तार र प्रसारका लागि हो।’
‘आफूलाई राजनीतिमा समर्पण गरेका दिनदेखि मलाई सबैभन्दा आनन्द दिने चिज भनेको नै कांग्रेस भन्ने विचारको रक्षा नै हो। यो विचारको व्याख्या त्यसको सामयिक नवीकरण बिना सम्भव छैन। कांग्रेस भन्ने विचारलाई परम्पराको सम्मान गर्दै नयाँ पुस्तासँग जोड्नु नै महामन्त्री पदमा मेरो उम्मेदवारीको मूल ध्येय हो,’ उनको भनाइ छ ।
‘आज कांग्रेस विचार संकटमा परेको छ। अति दक्षिणपन्थी लोकप्रियतावादको चपेटामा परेको छ। कांग्रेस भन्ने विचारले जाहानीय राणाशाही, प्रत्यक्ष शासन वा विधि विधानभन्दा माथि रहेर मात्र गर्न साशन गर्न चाहने राजसंस्था , उग्र वामपन्थीहरू सबै सबैलाई परास्त गरेर लोकतन्त्र लाई मजबुत बनाउँदै आएको छ ।
पन्ध्रौँ महाधिवेशनको संघारमा उभिएको कांग्रेसको मूल कार्यभार भनेको देशलाई अति दक्षिणपन्थी प्रियतावादबाट मुक्त गराउनु हो। त्यसका लागि कांग्रेसमा वैचारिक स्पष्टता जरुरी छ र नयाँ कार्यदेशको खाँचो छ। १५औं महाधिवेशनबाट हामीले त्यो सबै काम गर्नुपर्नेछ,’ उनले भने ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया