काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको सुधार र जेनजी आन्दोलनले उठाएका सवाललाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएकी छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बमले जेनजी आन्दोलनपछि उठेका प्रश्न र कांग्रेसभित्र देखिएको सुधारको आवश्यकतालाई सम्बोधन गर्न विशेष महाधिवेशन हुँदै नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको उल्लेख गरेकी छन्।

उनले १५औँ महाधिवेशन पार्टीको आत्मालोचना र सुधारका लागि महत्वपूर्ण अवसर बन्नुपर्ने बताएकी छन्।

बमले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले पार्टीभित्र आत्मालोचनाको आवश्यकतामा जोड दिएको प्रसंग उल्लेख गर्दै विगतका कमजोरीबाट पाठ सिकेर सुधारको बाटोमा अघि बढ्नुपर्ने धारणा राखेकी छन्।

बीपीको आत्मालोचनाको भावलाई १५औँ महाधिवेशनले समेत आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले आफूले ‘सुधारिएको कांग्रेस’ हेर्न चाहेको बताएकी छन्।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com