काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्।

देउवा सहभागी नहुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्। कांग्रेसले आइतबार काठमाडौंको खुलामञ्चमा आयोजना गरेको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन देउवालाई निमन्त्रणा पठाएको थियो।

तर, निमन्त्रणा दिने शैलीप्रति देउवा पक्ष असन्तुष्ट देखिएको छ। भानुका अनुसार शनिबार राति कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोली देउवा बस्दै आएको चुनदेवीस्थित निवास पुगेको थियो। त्यतिबेला घरमा कोही नभएपछि टोलीले निमन्त्रणापत्र बाहिरै छाडेर फर्किएको उनले बताए।

‘निमन्त्रणा दिनु नै थियो भने तीन–चार दिनअगाडि नै आएर दिए हुन्थ्यो। घरमा कोही नभएका बेला आएर निमन्त्रणा छोडेर पनि कहीँ हुन्छ ?’ भानुले भने।

देउवा पक्षले निमन्त्रणा गर्ने प्रक्रियाप्रति असन्तुष्टि जनाएसँगै उनी महाधिवेशन उद्घाटनमा सहभागी नहुने भएका हुन्।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com