काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्ने तथा आपसी हित र चासोका विषयलाई प्राथमिकताका साथ अघि बढाउने तयारी छ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच राजनीतिक, आर्थिक, पूर्वाधार, ऊर्जा, व्यापार तथा पारस्परिक हितका विषयमा उच्चस्तरीय भेटवार्ता र छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा भारतीय समकक्षीसहित उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता हुने कार्यक्रमसमेत छ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com