काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि १५औँ महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले देउवालाई लिनका लागि नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्न उठाए। उनले पार्टीबाट बाहिरिएका नेताहरूका विषयमा पनि कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने बताए।
थापाले नयाँ नेतृत्वसँगै पार्टीले विगतका विषयको समीक्षा गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया