काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति अन्तर्राष्ट्रिय परिस्थितिमा निर्भर रहेकाले यसको विकल्प खोज्नुपर्ने बताएका छन्।

सोमबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको द्वन्द्वका कारण विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा अस्थिरता देखिएको बताए।

‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति हाम्रो नियन्त्रणमा हुँदैन,’ मन्त्री साहले भने, ‘त्यसैले बाह्य निर्भरता घटाउँदै स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकास गर्नुपर्छ।’

उनले खाना पकाउन ग्यासको विकल्पमा विद्युत्, ब्रिकेटलगायतका स्रोतको प्रयोग बढाउनुपर्ने बताए। दीर्घकालीन रूपमा ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न सरकारले नीति बनाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री साहले कृषि क्षेत्रमा समेत आयात निर्भरता घटाउनुपर्ने बताए। मकै, फापर, कोदो, सिमी लगायतका रैथाने बालीको उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिए।

सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले बदलिँदो भू–राजनीतिक अवस्थालाई ध्यानमा राखेर बाह्य वस्तुमाथिको निर्भरता क्रमशः कम गर्नुपर्ने बताए।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com