काठमाडौं । नेपाली कांग्रेसका प्रखर वक्ता तथा पार्टीभित्र लामो समयदेखि सक्रिय नेता नारायणप्रसाद भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन ।
उनले परम्पराको सम्मान र भविष्यको दृष्टिकोण राख्दै युवा पुस्ताको भावना सम्बोधन गर्दै प्रविधिमैत्री पार्टी बनाउन र पछाडि पारिएका समुदायको सशक्त प्रतिनिधि आवाज बन्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य हुँदै आन्तरिक संघर्षमा सक्रिय हुँदै आएका भट्टराईले संगठन सुदृढीकरण, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र पिछडिएका क्षेत्र तथा समुदायको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै सहमहामन्त्री पदमा उम्मेदवारी दिएको जनाएका छन्।
पार्टीभित्र प्रखर वक्ता र स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित भट्टराईले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै संगठनलाई अझ प्रभावकारी र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
उनले पार्टीका तल्लो तहसम्म संगठन विस्तार, कार्यकर्ताको सम्मान तथा अवसरको समान वितरण आवश्यक रहेको जोड दिँदै आएका छन्।
विशेष महाधिवेशनबाट पार्टीमा संघर्ष गर्दै अघि बढेका भट्टराईले आफूले संगठन निर्माण र पार्टीको आन्तरिक लोकतन्त्रका लागि निरन्तर भूमिका निर्वाह गर्दै आएको जनाएका छन्। पिछडिएको क्षेत्रको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वमा प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यसहित सहमहामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाइ छ।
१५औँ महाधिवेशनलाई कांग्रेसको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै भट्टराईले पार्टीलाई गुट–उपगुटभन्दा माथि उठाएर एकताबद्ध, सुदृढ र जनताको विश्वास जित्ने संगठन बनाउनुपर्नेमा जोड दिएका छन्।
पार्टीका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व चयनका क्रममा उम्मेदवारको राजनीतिक योगदान, संगठनप्रतिको प्रतिबद्धता र पिछडिएका क्षेत्रको प्रतिनिधित्व गर्ने क्षमतालाई मुख्य आधार बनाउने उनको अपेक्षा छ।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार












प्रतिक्रिया