काठमाडौं । भारतमा कथित ‘भोट चोरी’ र मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) को विरोधमा प्रदर्शन गरेका राहुल गान्धीसहित विपक्षी गठबन्धनका थुप्रै सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

संसद् भवनबाट निर्वाचन आयोगको मुख्यालयतर्फ मार्चमा निस्किएका राहुल गान्धी, प्रियंका गान्धी वाड्रा, मल्लिकार्जुन खड्गे, अखिलेश यादवलगायतका सांसदलाई प्रहरीले बाटोमै रोकेको थियो। त्यसपछि उनीहरू सडकमा बसेर विरोध प्रदर्शन गरेका थिए।

विपक्षी सांसदहरूले निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध नाराबाजी गर्दै मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाए।

मार्चलाई लक्षित गर्दै संसद् र निर्वाचन आयोग आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै ब्यारिकेड राखिएको थियो। विपक्षी नेताहरूले राष्ट्रपति द्रौपदी मुर्मूसँग समेत भेट गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com