काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

महर्जनले मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महर्जनले कांग्रेस सभापतिमा गगनकुमार थापा भारी मतका साथ निर्वाचित हुने दाबी गरे। कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेतृत्व चयनका क्रममा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उनले बताए।

‘नेपाली कांग्रेस भनेको नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक पार्टीभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा हो। यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन,’ महर्जनले भने, ‘तर लेखिराख्नुस्, गगनकुमार थापा धेरै मत ल्याएर विजयी हुनुहुन्छ।’

ललितपुर महानगरपालिकाको मेयरमा लगातार दुई कार्यकाल जिम्मेवारी सम्हालेका महर्जन अब सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्।

संविधानले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा निर्वाचित हुन बन्देज लगाएको छ। सोही कारण महानगरको नेतृत्वबाट बाहिरिएपछि महर्जनले पार्टी राजनीतितर्फ आफ्नो सक्रियता बढाएका हुन्।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com