काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको पार्टी एकीकरणसम्बन्धी सहमति रास्वपाले एकतर्फी रूपमा भङ्ग गरेको आरोप दोहोर्‍याएका छन्।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले एकीकरणसम्बन्धी सहमति भएको १२ दिनपछि रास्वपाले एकतर्फी रूपमा एकता प्रक्रिया टुंग्याएको दाबी गरेका हुन्।

एकीकरणको प्रक्रिया अघि नबढ्नुमा आफूहरूले पद वा अन्य ठूला माग राखेको भन्ने दाबीलाई भने घिसिङले अस्वीकार गरे। उनले सहमति गरेर त्यसको कार्यान्वयन नगर्नु राजनीतिक रूपमा गम्भीर विषय भएको बताए।

‘एकीकरणसम्बन्धी सहमति गरेर त्यसलाई कार्यान्वयन नगरी एकतर्फी रूपमा भङ्ग गर्नु राजनीतिक रूपमा गम्भीर विषय हो,’ घिसिङले भने, ‘हामीले यसलाई राजनीतिक इमानदारी र सहमतिको संस्कृतिसँग जोडिएको विषयका रूपमा लिएका छौँ।’

नयाँ दल गठन गर्नुअघि घिसिङले रास्वपाका शीर्ष तहका नेताहरूसँग पार्टी एकीकरणका विषयमा संवाद गरेका थिए। दुई दलबीच एकीकरणका लागि छलफल भए पनि ठोस सहमति कायम हुन नसकेपछि घिसिङले छुट्टै उज्यालो नेपाल पार्टी गठन गरेका हुन्।

एकीकरणसम्बन्धी सहमति कार्यान्वयन नभएको विषयलाई आफूहरूले राजनीतिक इमानदारी र सहमतिको संस्कृतिसँग जोडेर हेरेको घिसिङको भनाइ छ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com