काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टीयू)कै कार्यक्रम नक्कल गर्ने गरी नयाँ विश्वविद्यालय सञ्चालन गर्नुको औचित्य नरहेको बताएका छन्।
उनले संघीय सरकारअन्तर्गत रहेका १५ वटै विश्वविद्यालयको आफ्नै विशिष्ट उद्देश्य, पहिचान र मौलिकता हुनुपर्ने बताए।
‘सबै विश्वविद्यालयमा टीयूले जे पढाइरहेको छ, त्यही पढाउने र सबैले इन्जिनियरिङ तथा विज्ञान नै पढाउने हो भने बाँकी १४ वटा विश्वविद्यालय खोलिराख्न आवश्यक थिएन,’ उनले भने।
विगतमा विश्वविद्यालयको विकासलाई धेरै विषय सञ्चालन, संरचना विस्तार र विद्यार्थी संख्या बढाउने आधारमा मात्र मूल्यांकन गर्ने प्रवृत्तिका कारण नयाँ विश्वविद्यालयले समेत छुट्टै पहिचान बनाउन नसकेको उनको भनाइ छ।
मन्त्री पोखरेलले एउटै प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने हो भने टीयूका आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त कलेज विस्तार गरे पुग्ने भन्दै अब विश्वविद्यालयले आफ्नो क्षेत्र, क्षमता र उद्देश्यअनुसार विशिष्ट कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया