काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित केही व्यक्तिका घरमा छापा मारेको छ।

विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालका निवासमा विभागको टोलीले छापा मारेको हो।

स्रोतका अनुसार जबराका केही नातेदारका घरमा समेत विभागको टोली पुगेको छ। उनका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि छापा मारिएको बताइएको छ।

छापा मार्ने क्रममा जबराका निकटस्थ व्यक्तिका घरबाट महत्वपूर्ण कागजात तथा अन्य सामग्री बरामद गरिएको स्रोतको दाबी छ। बरामद सामग्रीको अध्ययन तथा अनुसन्धान अघि बढाइने बताइएको छ।

यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई काठमाडौंस्थित उनकै निवासबाट मध्यराति पक्राउ गरेको थियो। उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेर पछि छाडिएको थियो।

जबरामाथि भएको पछिल्लो अनुसन्धान र छापाको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com