काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पाका विभिन्न स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरसहित विशेष छुट पाउने भएका छन्।
एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकका लागि विभिन्न छुट तथा विशेष सुविधा सार्वजनिक गरिएको हो।
साझेदारीअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। यसअन्तर्गत एक जनाको मूल्यमा दुई जनाले सम्बन्धित सेवा लिन सक्नेछन्।
त्यस्तै, एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र सौन्दर्य सेवामा २० प्रतिशत छुट पाउनेछन्।
९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकका लागि पनि छुटको व्यवस्था गरिएको छ। युवा तथा अन्य ग्राहकले स्पा सेवामा एकमुष्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
यससम्बन्धी साझेदारी सम्झौता हालै आयोजित एक कार्यक्रममा एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका थिए।
अफरको लाभ लिन ग्राहकले एनसेल एपमार्फत ‘पार्टनर्ड सर्भिस’मा गई ट्रान्क्विलिटी स्पा छनोट गरेर सम्बन्धित आधिकारिक आउटलेटमा अफर रिडिम गर्न सक्नेछन्। ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा एपमा उपलब्ध लाभ देखाइने एनसेलले जनाएको छ।
योग्य नभएका ग्राहकले सम्बन्धित योग्यता पूरा हुने प्याक वा प्लान खरिद गरेर समेत अफरको लाभ लिन सक्नेछन्।
साझेदारीबारे एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटी सेवासँगै ग्राहकका लागि थप मूल्य सिर्जना गर्ने उद्देश्यले साझेदारी गरिएको बताए।
‘हाम्रो ध्यान कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकहरूका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्नमा केन्द्रित छ। वेलनेस अनुभवहरूलाई एनसेलको इकोसिस्टममा ल्याएर लाभहरूलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने लक्ष्य हामीले राखेका छौँ,’ उनले भने।
उनका अनुसार ट्रान्क्विलिटी स्पासँगको साझेदारीले ग्राहक संलग्नता बढाउनुका साथै एनसेललाई ग्राहकको दैनिक जीवनसँग थप जोड्ने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गर्छ।
एनसेलले आफ्नो बढ्दो पार्टनर इकोसिस्टममार्फत ग्राहकलाई थप मूल्य र विभिन्न सेवा–सुविधा उपलब्ध गराउने निरन्तर प्रयासअन्तर्गत ट्रान्क्विलिटी स्पासँग साझेदारी गरिएको जनाएको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया