काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
जग्गाको नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा साहलाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानबाट घुस लिएको पुष्टि भएपछि अख्तियारले एक लाख रुपैयाँ बिगो, सोही बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया