काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ सभा बैठकमा सहभागी हुन गएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएर विरोध गरेका छन्।

त्रिवि ऐन परिमार्जनका क्रममा विद्यार्थीहरूसँग संवाद नगरेको र उनीहरूलाई बेवास्ता गरिएको भन्दै विद्यार्थीहरूले मन्त्री पोखरेलको विरोध गरेका हुन्।

नेविसंघका नेता सनम वलीले सिनेट बैठकमा कुलपति नै अनुपस्थित हुँदा सभाको मर्यादा घटेको बताएका छन्। त्रिविको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com