काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारहरूले पार्टीलाई थप समावेशी, युवामैत्री र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। अपाङ्गता भएका व्यक्ति, युवा तथा पछाडि परेका समुदायको प्रतिनिधित्व बढाउनुपर्ने उनीहरूको भनाइ छ।
उम्मेदवारहरूले नयाँ नेतृत्वले पार्टीभित्रको लोकतन्त्र बलियो बनाउँदै जनतामा देखिएको निराशा सम्बोधन गर्नुपर्ने बताएका छन्। साथै निर्वाचन व्यवस्थापन सुधार गरी टाढा तथा प्रवासबाट आएका प्रतिनिधिलाई सहज हुने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइएको छ
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया