काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा प्रमुख सचेतक निस्कल राई अस्पताल भर्ना भएका छन्। उनलाई एपेन्डिसाइटिस भएपछि बिहीबार राति नै शल्यक्रिया गरिएको हो।
कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारसमेत रहेका राईले सामाजिक सञ्जालमार्फत आफू अचानक बिरामी भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका छन्।
उनका अनुसार बिहीबार साँझ अचानक एपेन्डिसाइटिस भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार सोही राति उनको शल्यक्रिया गरिएको उनले बताएका छन्।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया