काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगेका छन्।
काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेले नियमित प्रक्रियाअन्तर्गत तारेख बुझेका हुन्।
उक्त सहकारीको रकम ठगीमा संलग्न रहेको आरोपमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो। यसअघि पनि उनी पटकपटक अदालत उपस्थित भएर तारेख बुझ्दै आएका थिए।
स्वर्णलक्ष्मी सहकारीसम्बन्धी मुद्दामा लामिछाने बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका थिए। मुद्दाको कानुनी प्रक्रिया भने जारी रहेको छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया