काठमाडौं । धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा चालक घाइते भएका छन्। दुर्घटनाका कारण मुग्लिन–काठमाडौं सडकखण्डसमेत अवरुद्ध भएको छ।

धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बुलेटको नम्बर एचआर ३८ एएल ३३६७ रहेको छ।

प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार दुर्घटनामा बुलेटका चालक घाइते भएका छन्।

दुर्घटनापछि मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको उनले जानकारी दिए। सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयासबारे भने थप विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com