काठमाडौं । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्यका कारण शनिबार र आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज २४ र २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरेर काम गरिनेछ। यसबाट मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा असर पर्न सक्नेछ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित आयोजनाले प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ एचटिएलएस कन्डक्टर जडान गर्न लागेको हो। मातातीर्थ–स्युचाटार डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब ४०० मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

स्तरोन्नति सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने र उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मौसम प्रतिकूल भएमा भने कामको तालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com