काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन्।
रसुवामा आएको बाढीमा बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्ने कानुनी व्यवस्था मिलाउन सरकारले उक्त अध्यादेश ल्याएको हो।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया