काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा समावेशी उपसभापति पदतर्फ उद्योगपति विनोद चौधरीले अग्रता लिएका छन्।

हालसम्मको मतपरिणामअनुसार चौधरीले २६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जीवन परियारले २०५ मत प्राप्त गरेका छन् भने फरमुल्लाह मंसुरले १२७ मत पाएका छन्।

त्यस्तै, सीता गुरुङले १०७ मत प्राप्त गर्दा रञ्जित कर्णले ७५ मत पाएका छन्। हालसम्म १ हजार ३३० मत गणना हुँदा ५ मत बदर भएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। मतगणना जारी रहेकाले समावेशी उपसभापति पदको अन्तिम नतिजा आउन बाँकी छ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com