काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा व्यक्त गरेका छन्।

शनिबार प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा प्रस्तोता ऋषि धमलासँगको संवादमा उनले महाधिवेशनसम्म पार्टीमा रहनुपर्ने बताए।

‘महाधिवेशनपछि के गर्ने भन्ने सन्दर्भमा म त आफ्नो तर्फबाट बिदा लिने पक्षमा छु,’ नेपालले भने।

आफूले बिदा लिने इच्छा व्यक्त गरे पनि पार्टीका नेताहरूले तत्काल त्यस्तो घोषणा नगर्न आग्रह गरिरहेको उनले बताए। अर्को विकल्प तयार नभएसम्म नेतृत्वमा रहन साथीहरूले आग्रह गरेको नेपालको भनाइ छ।

सक्रिय राजनीतिबाट अलग भएपछि सल्लाहकारका रूपमा रहेर आराम गर्ने चाहना रहेको पनि उनले बताएका छन्।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com