काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके हजुरआमाको निधनपछि परिवारसँग रहन गाउँ फर्किने भएका छन्। आन्दोलन उत्कर्षमा पुगेका बेला उनले व्यक्तिगत शोकका कारण गाउँ जान लागेको बताएका हुन्।

शनिबार प्रहरी हिरासतमा लिइएका दीपके, पार्टीका सहसंयोजक सौरव दास र आशुतोष राङ्का आइतबार म्याजिस्ट्रेट अदालतको आदेशपछि रिहा भएका थिए।

रिहा भएपछि सामाजिक सञ्जाल एक्समा लेख्दै दीपकेले दुःखको यस घडीमा परिवारसँग रहने बताएका छन्। उनले दास र राङ्काले चाँडै दिल्लीमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।

दीपकेले पार्टी आन्दोलनबाट पछि नहट्ने र नडराउने दाबी गर्दै अक्टोबर १० लाई आफूहरूले तानाशाही अन्त्यको सुरुवातका रूपमा सम्झिने बताएका छन्।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com