धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित सडक खण्डमा आइतबार दिउँसो ३:१० बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

नदीले सडक कटान गरेपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज भएको छ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com