काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकको उद्धारमा सबै पक्षलाई समेटेर प्रभावकारी रूपमा काम गर्न सरकारलाई आग्रह गरेका छन्।
एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले सरकारी हेलिकोप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो व्यवहार नगर्न चेतावनी दिएका हुन्।
उनले विगतमा विपद्का बेला उद्धार कार्यमा कमजोरी भएको उल्लेख गर्दै त्रिशूलीमा आएको बाढीका क्रममा देखिएका कमजोरी नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए।
‘सरकार फराकिलो मनका साथ उद्धार कार्यमा अगाडि बढोस्,’ उनले भने।
ओलीले विपद्का बेला राजनीतिक दलहरूबीच सहकार्य आवश्यक भए पनि सरकारले सर्वदलीय समिति गठन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार












प्रतिक्रिया