काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्। पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन्।

यस्तै, राणाले दुई हजार ३३० मत पाएका छन्। महामन्त्रीका उम्मेदवारमध्ये डा सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महामन्त्री महिलातर्फ डा डिला सङ्ग्रौला (पन्त) विजयी भएकी छन्। उनले तीन हजार ११८ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com