काठमाडौं । नेपाली कांग्रेसको खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्। हालसम्म गणना भएको दुई हजार ३९० मतमध्ये खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन्।

मतगणना सुरु भएदेखि नै अग्रस्थानमा रहेका खतिवडालाई अजयबाबु सिवाकोटीले पछ्याइरहेका छन्। सिवाकोटीले हालसम्म ७७२ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका डल्लीराम सुबेदीले ५८३ मत पाएका छन् भने देवेन्द्रराज कँडेल ४९९ मतसहित चौथो स्थानमा छन्। त्यस्तै, विकास कोइरालाले ३९४ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन्।

अन्य उम्मेदवारमध्ये राजीव ढुंगानाले ३५३, अमृतकुमार अर्यालले २५७ र विमलराज क्षेत्रीले ९४ मत प्राप्त गरेका छन्।

कांग्रेसको संशोधित विधानअनुसार खुला प्रतिस्पर्धाबाट दुई जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com