काठमाडौं । सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई प्रदान गरिने भएको छ।

स्विडेनको रोयल एकेडेमी अफ साइन्सेजले समष्टिगत आर्थिक स्थिरताका लागि सूक्ष्म आर्थिक आधारसम्बन्धी योगदानको कदर गर्दै उनीहरूलाई पुरस्कार दिने निर्णय गरेको समाचारमा उल्लेख छ।

हल र वुडफोर्डको अनुसन्धानले आर्थिक मन्दी र तीव्र वृद्धिबीचको उतारचढाव व्यवस्थापन गर्न तथा ब्याजदर, सरकारी खर्च र मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई स्थिर राख्न सहयोग पुर्‍याउने बताइएको छ।

उनीहरूले विकास गरेका आर्थिक नमुनाले घरपरिवार र व्यवसायका निर्णयले समग्र अर्थतन्त्रमा पार्ने प्रभावलाई समेट्छन्। ऊर्जा सङ्कट वा उपभोगमा अचानक आउने परिवर्तनजस्ता चुनौती सामना गर्न सरकार र केन्द्रीय बैंकलाई यी अनुसन्धान उपयोगी हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com