काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । निर्वाचन पोर्टलमा सार्वजनिक मतपरिणामअनुसार उनले आफ्ना चार प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले भने १ हजार ३७० मत मात्रै पाएका छन् ।
यस पदका लागि शाहीसँगै गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट प्रतिस्पर्धामा थिए । निर्वाचन पोर्टलमा मतपरिणाम सार्वजनिक भए पनि निर्वाचन समितिले भने शाहीको जितको औपचारिक घोषणा गरिसकेको छैन ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटवालले मतगणना सम्पन्न भएको र प्राप्त मतको यकिन गर्ने काम भइरहेको जानकारी दिएका छन् ।
शाहीले यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमै उम्मेदवारी दिएका थिए । त्यतिबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए । दोस्रो पटकको प्रयासमा भने शाही सहमहामन्त्री बन्न सफल भएका हुन् ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया