नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरस्थित नेपाल बैंकको शाखाबाट नक्कली नोट दिइएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

एक सेवाग्राहीले बैंकबाट रकम झिक्ने क्रममा आफूलाई एक हजार रुपैयाँ दरका दुईवटा नक्कली नोट दिइएको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी मदन थापाका अनुसार ती सेवाग्राहीले गत शुक्रबार बैंकबाट १२ हजार रुपैयाँ झिकेका थिए। बैंकले उनलाई सय रुपैयाँ दरका १० हजार रुपैयाँ र एक हजार रुपैयाँ दरका दुईवटा नोट दिएको थियो।

रकम झिकेर लगेको केही दिनपछि तीमध्ये दुईवटा एक हजार रुपैयाँका नोट नक्कली भएको भन्दै सेवाग्राही प्रहरीसमक्ष पुगेका थिए।

‘उहाँहरूले पैसा झिकेर लगेको केही दिनपछि मात्रै आएर नोट नक्कली रहेछ भनेर उजुरी गर्नुभएको छ। हामीले अनुसन्धान गरिरहेका छौँ,’ सूचना अधिकारी थापाले भने।

यता, बैंकका कर्मचारीले भने घटनाबारे आफूलाई विस्तृत जानकारी नभएको बताएका छन्।

प्रहरीले उजुरी दिने सेवाग्राहीको नाम भने गोप्य राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com