काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रतिबद्धता व्यक्त गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको आयोजनामा आज बिहान सदरमुकाम सिमकोटस्थित काठेचुलीमा सरकारी निकायका प्रतिनिधि, यातायात व्यवसायी, सवारीचालक, सहचालक तथा सञ्चारकर्मीले प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन्।

ट्राफिक नियमको पालना गर्ने, तीव्र गतिमा सवारी नचलाउने, मादकपदार्थ सेवन गरेर सवारी नचलाउने तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिने सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए।

उनका अनुसार चालक, सहचालक र यातायात व्यवसायीलाई जिम्मेवार बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियानलाई हस्ताक्षर गर्दै प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले ट्राफिक नियमको प्रभावकारी पालना र जिम्मेवार सवारी सञ्चालनबाट दुर्घटनाको जोखिम घटाउन सकिने भन्दै अभियानमा गरिएको प्रतिबद्धता व्यवहारमा उतार्न आग्रह गरे।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयाससँगै चालक, यातायात व्यवसायी, यात्रु र आमनागरिकको सक्रिय सहभागिता आवश्यक रहेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com