काठमाडौं । वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने बहानामा रकम लिएको आरोपमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको जनाएको छ।

अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीमा जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद सकिएको थियो। पुनः श्रम स्वीकृति गराइदिने र यात्रामा सहजीकरण गर्ने बहानामा जैशीले रकम लिएको भन्दै फोनमार्फत उजुरी परेको थियो।

उजुरीका आधारमा गरिएको प्रारम्भिक छानबिनमा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ पठाइएको भेटिएको अध्यागमनले जनाएको छ। विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्दा यात्रुलाई सहजीकरण गर्ने बहानामा शंकास्पद गतिविधि गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com