काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसदीय सुनुवाइ समितिबाट दुई जना प्रस्तावित राजदूतको नाम अस्वीकृत हुनुलाई सरकारका लागि धक्काका रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले राजदूत नियुक्तिमा योग्यता, पारदर्शिता र जवाफदेहिताका मापदण्ड पालना हुन नसकेको टिप्पणी गरेका हुन्।

उनले नियुक्तिका लागि योग्य व्यक्तिको छनोट गर्ने दाबी गर्ने तर स्वार्थ र लाभका आधारमा व्यक्तिहरू चयन गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्। यस्तो प्रवृत्ति अपनाउनेहरूले अब गम्भीर नैतिक प्रश्नको सामना गर्नुपर्ने उनको भनाइ छ।

‘संसदीय सुनुवाइमा दुई जना राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको छ,’ बस्नेतले लेखेका छन्, ‘जान्नेलाई छाने भन्ने, लाभका लागि जसलाई पनि छान्नेहरूले अब गम्भीर नैतिक प्रश्नको सामना गर्नुपर्छ। योग्यता, पारदर्शिता र जवाफदेहिताको मापदण्ड नियुक्तिमा लागू हुन नसक्नु विडम्बना हो।’

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन नगरेपछि बस्नेतले सरकारको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com