काठमाडौं । ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी र बागमतीका केही स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार













प्रतिक्रिया