काठमाडौँ । नेपाल प्रहरीले यस वर्षको प्रतिष्ठित ‘पुलिस ब्याटन’ सम्मान लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भुपेन्द्र खत्रीलाई प्रदान गरेको छ।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले डीआईजी खत्रीलाई उक्त सम्मान हस्तान्तरण गरेका हुन्।

प्रहरी सेवामा उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको कदरस्वरूप खत्रीलाई पुलिस ब्याटन प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पुलिस ब्याटन प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारीलाई प्रदान गरिने प्रतिष्ठित सम्मानमध्ये एक हो। यस सम्मानले प्रहरी सेवामा व्यावसायिक दक्षता, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com