काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन्।
शुक्रबार मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व, क्षेत्रीय सहकार्य, जलवायु परिवर्तन तथा विपद् प्रतिकार्यमा सहयोग बढाउने विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री खनालले सार्कको संस्थागत विकास र क्षेत्रीय सहकार्य प्रवर्द्धनमा सरवारले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया