काठमाडौं। नेकपा (एमाले) को सक्रिय राजनीतिमा औपचारिक पुनरागमन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छिन्। पार्टीको वरिष्ठ सम्मानित नेताका रूपमा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

चीनको हप्बे प्रदेशस्थित स्योङआन नयाँ क्षेत्रमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्न लागेको हो।

भ्रमणका क्रममा फोरममा बदलिँदो विश्व व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधारका साथै प्रविधिका नयाँ चुनौतीहरूका विषयमा गहन छलफल हुनेछ।

यसका साथै प्रतिनिधिमण्डलले चीनको आधुनिक नमुना सहरका रूपमा विकसित भइरहेको स्योङआनको अवलोकन गर्नुका साथै बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

एमालेको माथिल्लो तहमा पुनरागमन गरेलगत्तै हुन लागेको यो भ्रमणलाई कूटनीतिक तथा राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com