काठमाडौं । मकवानपुरमा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्। यस अवधिमा दुर्घटनाबाट ६ जनाको मृत्यु हुनाका साथै ७८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
दुर्घटनामा प्रहरीले ५० जनाको उद्धार गरेका छन्। यस अवधिमा सवारी दुर्घटनातर्फ ८५५ कारबाही भएकोमा ८ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार











प्रतिक्रिया